देश

विद्यार्थी मृत्युको विरोधमा स्थानीय र विद्यार्थीद्वारा प्रदर्शन

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह ०१:०९ बजे

सर्लाही, ०५ मंसिर । सर्लाहीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्युको विरोधमा स्थानीय र विद्यार्थीहरु प्रदर्शन गरि रहेका छन ।

सोमबार पूर्व–पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका वडा नम्वर ९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका वडा नम्वर १ रतनपुर निवासी १६ वर्षीय दीपेन्द्र यादवको मृत्यु भएको हो । ट्यूसन पढ्न हिँडेका यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर सडक अवरूद्ध गरेका छन् । प्रदर्शनकारीलाई सम्झाइ–बुझाइ गरेर सडक खुलाइएको सर्लाही प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु