धनगढीमा पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह ०१:०९ बजे

धनगढी । धनगढीमा नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरेका हुन् ।
नेपाल पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो । यसअघि नेपालगञ्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो ।
कार्यालय नहुँदा बोर्डले गर्ने पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सुदूरपश्चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए । बोर्डको कार्यालय स्थापनासँगै सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ ।






















