मुख्य समाचार

हिन्दुबादी संगठन हिन्दु युवा शक्ति कपिलवस्तु माथि आयाे धम्की

जगत ठाडा मगर
२०७८ पुस ५ | बिहान १०:०९ बजे

कपिलवस्तु । हिन्दुहरुकाे संगठन एवं हिन्दुहरुकाे हकअधिकारकाे बारेमा निरन्तर रुपमा काम गर्दै आएकाे हिन्दु युवा शक्ति कपिलवस्तुकाे मायादेवी गाउँपालिकाकाे कमिटीलाई धम्की आएकाे छ ।

हिन्दुहरुलाई संगठित, गाै संरक्षण र गुरुकुल शिक्षाको उदेश्य लिएर कपिलवस्तु जिल्लामा सक्रिय रहेर एउटा छुट्टै पहिचान र चर्चामा आएकाे हिन्दु युवा शक्ति कपिलवस्तुकाे मायादेवी गाउँपालिकाकाे फेसवुक आइडीमा गाली गर्दै एक जनाले धम्की दिइएका हुन ।

हिन्दु युवा शक्ति मायादेवीकाे फेसवुक आइडीमा गणेश शंकर पाण्डेयकाे फेसवुक आइडीबाट म इन्डियाबाट बाेल्दैछु । भन्दै अश्लील गाली समेत दिदै धेरै नराम्रो शब्दहरुकाे प्रयोग गरेको हिन्दु युवा शक्ति मायादेवीका अध्यक्ष देवेन्द्र वर्माले जानकारी दिनुभयो ।

वर्माका अनुसार याे आइडी हिन्दुकाे नभइ ग‌ैरहिन्दु रहेको कारणले यस्तो खालकाे भाषाकाे प्रयोग गरिरहेका छ । यस्तो आईडी चलाउनेलाई नियम कानुनअनुसार कार्यवाहीकाे लागि अगाडि बढ्ने बताउनु भयो ।

हिन्दु युवा शक्ति कपिलवस्तु संगठनकाे समिति महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, बुद्धभुमि नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धाेधन गाउँपालिकामा यस संगठनकाे समिति निर्माण भइसकेका छ ।

संगठनले निरन्तर हिन्दुहरु माथि अत्याचार र अन्याय भएको खण्डमा विभिन्न किसिमको विरोध कार्यक्रम लगायत अन्य कार्यक्रमहरु गर्दै आएकाे हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेयले बताउनु भएको छ ।

कमेन्टहरु