Opens in a new tab

देश

तराई मधेशमा बाल्लो हुस्सु, चिसो बढ्यो

जगत ठाडा मगर
२०७८ पुस ५ | बिहान ०८:०९ बजे

बुटवल । चिसो बढेसँग तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु लाग्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान हुस्सु लागे पनि दिउसो भने घाम लाग्ने जनाएको छ ।

बाक्लो हुस्सुका कारण तराई मधेशका जिल्लामा बिहानपख चिसो पनि बढेको छ । यसलाई तराई मधेशको जनजीवनमा असर पारेको छ। बिहानपख घर बाहिर निस्कन मुस्किल भएको छ।

यस्तै, काठमाडौं लगायत पहाडी जिल्लामा पनि बिहानपख केही स्थानमा कुहिरो लाग्न थालेको छ। दिउसो भने विस्तार हटेर जाने विभागले जनाएको छ।

आज देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउसो भने पारिलो घाम लाग्नेछ।

कमेन्टहरु