Opens in a new tab

खेलकुद

एम्बाप्पेको दोहोरो गोलमा पीएसजी विजयी

जगत ठाडा मगर
२०७८ पुस ५ | बिहान ०८:०९ बजे

काठमाडौ । फरवार्ड केलियन एम्बाप्पेको दोहोरो गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले कोपा डी फ्रान्स फुटबलमा सहज जित निकालेको छ। पाँचौँ श्रेणीको लिग खेल्ने क्लब फेग्निसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले ३–० गोलको जित निकालेको हो।

पीएसजीलाई जित दिलाउन एम्बाप्पलेले १७ औं मिनेटमा पहिलो गोल गरे। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेका थिए । त्यस्तै, पेनाल्टीमै पाएको अवसरमा माउरो इकार्डीले ३१ औं मिनेटमा गोल गरे। यससँगै पहिलो हाफमा पीएसजीले दुई गोलको अग्रता बनायो।

दोस्रो हाफको ५१ औं मिनेटमा डाग्बाले दिएको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गो गरे। यो जितसँगै पीएसजी राउन्ड अफ ३२ मा प्रवेश गरेको छ।

कमेन्टहरु