भ्रष्टाचार

सिरहा जिल्लाको हरेक सरकारी कार्यालयमा भ्रष्टाचार बढ्दै

जगत ठाडा मगर
२०७८ पुस ५ | बिहान ०८:०९ बजे

बिनोद मण्डल
सिरहा ।सिरहा जिल्लाको हरेक सरकारी कार्यालयहरुमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको सरोकारवालाले जनाएको छ । लहानमा जिल्ला प्रशासन कार्यालय सिरहाले सरोकारवालाहरु संग गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई सरोकारवालाले यस्तो बताएका हुन् ।

मालपोत, यातायात, नापी, सडक डिभिजन, बन, घरेलु लगायतको हरेक सरकारी कार्यालयहरुमा खुल्लेयाम भ्रष्टाचार भैरहेको छ ।, भने हरेक सरकारी कार्यालयहरुमा चाकडी गर्ने बिचोलियाहरुको बिगबिगी बढेको सरोकारवालाहरुले बताएका छन् । महङ्गी दिनानु दिन बढिरहेको कारण निजामती कर्मचारीहरुलाई तलवको पैसाले परिवार पाल्न धौ – धौ भएकोले उनिहरु लालची भई भ्रष्टाचार गरिरहेको उनिहरुले गुनासो गरे ।

भ्रष्टाचारमा स्थानीय तहहरु पनी अछुतो छैन् , तल देखि माथी सम्म मिलोमतोमा भ्रष्टाचार भैरहेको छ भन्दै सरोकारवालाहरुले भने, सरकारी कार्यालयको बिल भरपाई सहि रुपमा जनताको सामु पारदर्शी गर्यो भने हरेक कार्यालयका प्रमुख, लेखापाल लगायत सरोकार राख्ने कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता ठेकेदार लगायत सम्पुर्ण फस्ने दावी गरे ।

नेपाल भारतको सिमा नाकाबाट खुल्लेयआम लागूऔषध भित्रीरहेको गुनासो छ । भन्सार छली ल्याएको अबैध सरसमानमा खुल्लेयाम बजारमा कालोबजारी भैरहेको गुनासो छ । किसानको लागि आएका खाद्यमलमा कमिशनको चलखेल बढेको छ । लहान नगरपालिकामा व्यापक रुपमा भ्रष्टाचार भैरहेको छ ।

लहान बसपार्कमा दादागिरी रकम उठिरहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कार्यकाल भित्र भ्रष्टाचार निर्मुल गर्ने प्रतिबद्धता गरेका छन् ।

कमेन्टहरु