राजनीति

संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई

जगत ठाडा मगर
२०७८ पुस ४ | मध्यान्ह ०९:०९ बजे

काठमाडौं । सत्ता गठबन्धन दलले एमालेले अवरुद्ध गर्दै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

आइतबार सर्वदलीय बैठक बस्नु अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो । संसदको गतिरोध अन्त्य गर्न तथा एमसीसी परियोजनाबारे भएको छलफलका क्रममा देउवालाई सो जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

सत्ता गठबन्धन दलको बैठकमा देउवाले एमसीसी परियोजना तत्काल अगाडि बढाउन जोड गरेपनि अन्य दलहरूले परिमार्जन गरेर मात्रै अगाडि बढ्न सकिने धारणा राखेका थिए । यस्तै सर्वदलीय बैठकमा भने देउवाले एमसीसी र संसदको अवरोध हटाउने बारे अन्य राजनीतिक दलहरूको धारणा सुनेका थिए ।

आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका सबै दलहरू सहभागी थिए ।

कमेन्टहरु