सोमबार(भोलि)भरतपुर र गैँडाकोटका फिडरहरुमा विद्युत् अवरुद्ध हुने

जगत ठाडा मगर
२०७८ पुस ४ | मध्यान्ह ०७:०९ बजे

नवलपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत बसेनीस्थित १३२, ३३ र ११ केभी सब–स्टेसनमा मर्मतको काम हुने भएकाले पुस ५ गते (भोलि) सोमबार विभिन्न फिडरहरुमा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भोलि सोमबार दिउँसो १ बजेदेखि गैँडाकोटको औद्योगिक क्षेत्र २ फिडर, भोजाड क्षेत्रको कोकाकोला फिडर, कल्याणपुर फिडर, अस्पताल क्षेत्र फिडर र गैँडाकोटको भृकुटी क्षेत्रका फिडरमा विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘भरतपुर बसेनीस्थित मर्मत कार्यका लागि १३२, ३३ र ११ केभीका पाँचवटै फिडर सटडाउन हुने भएको हुनाले सम्बन्धित ग्राहक महानुभावमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’






















