देश

नक्कली नेपाली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ४ | मध्यान्ह ०३:०९ बजे

सर्लाही, ०४ मंसिर । प्रहरीले सर्लाहीबाट दुई जना भारतीय नागरिक नेपाली नक्कली नोट सहित पक्राउ परेका छन् ।

सर्लाही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नम्वर ६ चिलरी टोलका ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र वडा नम्वर १ का ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद वुढाथोकीका अनुसार शनिवार बेलुका करिब साढे ७ बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर ८ गोरखकाली स्थित भन्सार कार्यालय अगाडी चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको मोटरसाईकल तलासी लिदा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट नक्कली जस्तो देखिने एक हजारको ११५ वटा नेपाली नोट, ४७ हजार ५१० भारतीय रुपैयाँ र १७० नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु