राजनीति

एमसीसीबारे साझा धारणा बनाउन नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा

जगत ठाडा मगर
२०७८ पुस ४ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीभित्र साझा धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ ।

आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच एमसीसीबारे छलफल भएको हो । उक्त छलफलमा प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको एक नेताले बताए ।

उनका अनुसार छलफलमा एमसीसीबारे पार्टीले पहिलेदेखि नै लिदै आएको अडान परिवर्तन गर्न नहुने पक्षमा धेरैजसो नेताहरुले धारणा राखेका छन् ।

कमेन्टहरु