युवक हत्या प्रकरण : पीडित र प्रशासन बीच सहमतिमा राजर्माग खुल्यो


विनोद मण्डल
सिरहा, ०४ मंसिर । पीडित र प्रशासन बीच सहमति भएपछि पूर्व–पश्चिम राजर्मा सञ्चालनमा आएको छ ।
छुरा प्रहार गरी हत्या गरीएको घटनाको विरोधमा सिरहाको गोलबजारमा विहान ८ बजदेखि नै अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग १२ : ३० बजे पछि सञ्चालमा आएको छ ।
पीडितलाई क्षतिपूर्तिको पहल गर्ने, घाईतेको निःशुल्क उपचार गर्ने र घटनामा संलग्नलाई पक्राउ गर्ने सहमती प्रशासनले आन्दोलनकारीसँग गरेपछि राजमार्ग खुलेको हो । राजमार्ग खुलेपछि अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
शनिवार साँझ गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार गरि हत्या गरेको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोसित डोहटियाबासी आन्दोलित बनेका थिए । उनीहरुले टायर बालेर राजमार्ग र बजार अवरुद्ध पारेका थिए । प्रशासनले सहमती गरेपछि झण्डै ४ घण्टापछि राजमार्ग र बजार खुलेको छ ।






















