देश

२३ओैं वार्षिक साधारणसभा सम्पन्न

जगत ठाडा मगर
२०७८ पुस ४ | मध्यान्ह ०१:०९ बजे

महेश यादव

नवलपरासी, ३ पुष । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -५ मा रहेको श्री बडहरा दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २३ओैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको २३ओैं वार्षिक साधारणसभामा बाेल्दै प्रमुख अतिथि पाैडेलले सरावल गाउँपालिका भित्र मध्ये सबै सहकारी भन्दा उत्कृष्ट सहकारीको रुपमा याे सहकारी रहेको बताउनुभयाे । उहाँले यस सहकारीले दिने सेवा सुविधा तथा निति कार्यक्रम धेरै नै सुलभ रहेको बताउनुभयो । साथै उहाँले यस सहकारीको आगामी दिनमा अझ प्रगति हाेस भन्दै कामना गर्दै सहकारीले दिने सेवा सुविधा प्रति खुसि ब्यक्त गर्दै सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई धन्यवाद समेत दिनुभएकाे थियाे ।

IMG20211218152604

साे अवसरमा सहकारीकाे आ.व. २०७७/२०७८ काे प्रगति तथा २०७८/२०७९ काे निति तथा कार्यक्रमकाे विषयमा विस्तृत रुपमा सम्पूर्ण सहकारीका सदस्यहरुलाई सहकारीका अध्यक्ष विरेन्द्र प्रसाद यादवले जानकारी दिनुभएको थियो । यस सहकारीमा १७७३ सेयर सदस्य मध्ये १३१४ जना महिला तथा ४५९ जना पुरुषहरु जना रहेको सहकारीका अध्यक्ष यादवले बताए । साथै व्यवस्थापक रामचन्द्र राजभरले आ.व.२०७७/२०७८काे लेखा परिक्षण प्रतिवेदन र चालू आ.व.२०७८/२०७९ काे वार्षिक अनुमानि नीति बजेट तथा कार्यक्रमहरुकाे विषयमा प्रस्तुत गरेका थिए । जसमध्ये संस्थाले शुद्ध नाफा ४८,२१,१७७ रुपैयाँ गरेको व्यवस्थापक राजभरले बताएका हुन ।

यस २३ओैं वार्षिक साधारणसभाकाे शुभ अवसरमा श्री बडहरा दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थामा आवद्ध स्वर्गिय भएका सदस्य, ठुला ऋणी र समयमा बचत तथा अन्य काराेबार गर्दै संस्थालाई सहयोग पुर्‍याउने १४ जना सदस्यहरुलाई पाँच हजार नगद चेक सहित सम्मान गरेको छ । र संस्थाका सकृय सदस्य, उत्कृष्ट बचतकर्ता, असल ऋणी तथा बृद्ध सदस्यहरुलाई दाेसल्ला ओढाएर सम्मान गरेको थियो ।

IMG20211218163113

साे अवसरमा सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष दिनेश सहानि, सरावल गाउँपालिका कृषि शाखा प्रतिनिधि निशा चाैधरी, रामपुर खडाैना साना किसान कृषि सहकारी संस्थाका संचालक सदस्य तथा ऋण समिति संयाेजक कृष्णजिवन तिवारी, जनता अधारभुत विद्यालय सरावल-५ धनगडवाका विद्यालय व्यवस्थापन समिति संयाेजक गाेपिचन्द हरिजन, श्री बडहरा दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. संस्थाका लेखा संयाेजक शैलेस कुमार चाैधरी, संस्थापक अध्यक्ष नन्दलाल राजभर, मधेश मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव, रेडियो परासीका रुपेश राजभर लगायतकाे अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम संचालन पत्रकार महेश यादवले गर्नुभएको थियो ।

कमेन्टहरु