छुरा प्रहारबाट युवकको हत्याको विरोधमा राजमार्ग अवरुद्ध


विनोद मण्डल
सिरहा, ०४ मंसिर । सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियामा छुरा प्रहारबाट एकजनाको हत्या र एक जनालाई घाइते बनाएको घटनाको विरोधमा स्थानीय बासीहरु आन्दोलित भएका छन् ।
डोहटिया टोलका बासिन्दा गोलबजारस्थित पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् । उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाडी र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आन्दोलितले बजारसमेत बन्द गराउँदै हिँडेका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निः शुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् । शनिवार राति दुई जना बीच झडप हुदा गोलबजार नगरपालिका – ६ का राम सदायका छुरा प्रहारबाट मृत्यु भएको र सोही स्थानका १९ बर्षिय निकेश सदा घाइते भएका थिए ।






















