कैलालीमा २५ वर्षीय युवकको घाँटी रेटेर टाउको छिनाली विभत्स हत्या


काठमाडौं । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या गरिएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको पनि बाहिरिएको छ ।
फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरिर अलग छ। तपाईँ एक/दुई दिनमा थाँहा पाउनुहुन्छ ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन् ।
प्रहरीका अनुसार सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि हिजो नै तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।






















