Opens in a new tab

देश

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले दिए योमरी र उधौली पर्वको शुभकामना

जगत ठाडा मगर
२०७८ पुस ४ | बिहान १०:०९ बजे

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले किराँत समुदायले मनाउने उधौली र ज्यापू समुदायले मनाउने योमरी पर्वको अवसरमा शुभकामना दिएका छन् । आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उधौली र योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किराँत र ज्यापू समुदायमा शुभकामना व्यक्त गरेका हुन्।

‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो, प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो।’

प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उल्लेख गरेका छन् । सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ,’ सन्देशमा अगाडि भनिएको छ, ‘सबैसमुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो। मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ।

यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

कमेन्टहरु