देश

प्रधानमन्त्री : संसदको गतिरोध र एमसीसी सर्वदलिय बैठकको एजेण्डा

जगत ठाडा मगर
२०७८ पुस ४ | बिहान ०९:०९ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जारी गतिरोध अन्त्य र एमसीसीबारे रणनीति बनाउन सर्वदलिय बैठक आव्हान गरेका छन् ।

सर्वदलिय बैठक आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले सहभागी नहुने भएको छ ।सभामुखको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै एमाले बैठकमा सहभागी नहुने भएको हो ।

एमालेले विगत लामो समयदेखि संसद अवरुद्द गर्दै आएको छ । एमसीसीबारे राजनीतिक दलहरु विभाजित हुँदा संसदमा टेबल हुन सकेको छैन । एमसीसी मुख्यालयले एमसीसी अनुमोदन गर्न नेपाल सरकारले प्रतिवद्धता जनाइसकेको भन्दै पर्खेर बसेको छ ।

संसदमा जारी अवरोध हटाउन र एमसीसीका विषयमा थप निर्णय गर्न बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

कमेन्टहरु