देश

सचेतना अभिवृद्धिको लागी लहानमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईयो

जगत ठाडा मगर
२०७८ पुस ४ | बिहान ०९:०९ बजे

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका भित्र रहेको सहिद चौकमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस ‘२०२१’ मैनवती बालेर मनाईएको छ। सामी प्रयोजाना, हेलवेटासले र इन्सेकको संयुक्त आयोजनामा लहानको सहिद चौकमा कार्यक्रम मनाईएको हो । इन्सेकको प्रतिनिधि दुर्गा परिवारको नेतृत्वमा सिरहाको लहानमा मैनवती वालेर कार्यक्रम मनाईएको हो ।

नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १६ डिसेम्बरदेखि २२ सम्म देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको कार्यक्रमको मूल समारोह समितिले जानकारी दिएको छ।

दिवसलाई प्रदेश तथा स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकार तथा स्थानीय तहको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसस्था, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा ट्रेडयुनियनहरुको समेत सहभागितामा कार्यक्रम आयोजना हुने भएको छ।सचेतना, सीपमूलक र सुरक्षित रोजगार मर्यादित श्रम आप्रवासनको मूल आधार नारासहित दिवस मनाउन लागिएको हो।

संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकार दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि हरेक वर्ष यो कार्यक्रम मनाइँदै आएको छ ।

यी कार्यक्रममार्फत् सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ। साथै यो क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सहयोग पुग्ने जनविश्वास रहेको आयोजकले जानकारी दिनु भयो।

कमेन्टहरु