समाज

सरावल- ५ मा महिला हिंसा विरुद्ध मंञ्चिय नाटक तथा स्थानीय सराेकारवाला संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०७८ पुस ४ | बिहान ०९:०९ बजे

सुरेश यादव

नवलपरासी, पुस ०४ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगढवामा हिजाे महिला हिंसा विरुद्ध मंञ्चिय नाटक तथा स्थानीय सराेकारवाला संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएकाे छ । जन विकास किशोर किशोरी संजाल सरावल-५ काे आयाेजना तथा स्ट्राेम फाउन्डेसन ए.वि.सी.नेपाल नवलपरासीको सहयाेग एवम् सरावल गाउँपालिकाकाे समन्वयमा महिला हिंसा विरुद्ध मंञ्चिय नाटक कार्यक्रम जनता अधारभुत विधालयल सरावल-५ धनगढवाकाे प्राङ्गणमा सम्पन्न भएकाे हाे ।IMG20211218121102

जन विकास किशोर किशोरी संजालका अध्यक्ष घनश्याम गाैडकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानीकाे विशिष्टमा आतिथ्यतामा महिला हिंसा विरुद्ध मंञ्चिय नाटक कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले महिलाहरुकाे लागि हरेक प्रकारका सहयाेग गर्न गाउँपालिकाले सदैव तत्पर रहने बताउनुभयाे । साथै महिला हिंसा विरुद्ध समाजमा यस्तो खालकाे नाटक गर्नुपर्ने आवश्यक रहेकाे उहाले जाेेड दिनुभयाे ।

IMG20211218123648

कार्यक्रममा स्वागत मन्तव्य संजालका सदस्य राकेश सहानीले राख्नु भएकाे थियाे भने मधेस मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव, जनता अधारभुत विधालय सरावल-५ धनगढवाका प्रधानाध्यापक रविन्द्र कहार, वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानी लगाएतले आ आफ्नो मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नभएकाे थियाे ।

कमेन्टहरु