देश

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उँधौलीको शुभकामना

जगत ठाडा मगर
२०७८ पुस ४ | बिहान ०७:०९ बजे

काठमाडौँ, पुस ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य रहेको बताउनुभएको छ ।

उँधौली चाडको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यो चाडले थप उजागर गर्ने गरेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ऋतु परिवर्तनको प्राकृतिक चक्रसँगै आफ्नो जीवनचर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किरात समुदायको यो चाडले नेपालीको मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

कमेन्टहरु