बिपन्न बालबालिकालाई निको युगान्तकारी युबा मंचको सहयोग


सन्तोष थाङ्मी
दोलखा । निको युगान्तकारी थाङ्मीचागु युबा मंचले बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मंचले बिभिन्न समयमा गरिब तथा बिपिन्न परिवारलाई सहयोग गर्दै सामाजिक कार्य गर्दै अगाडि बढिरहेको छ ।
मंचले ७२ सालको महा भुकम्पमा बुबाको मृत्यु पछि आमा रोजगारीको लागि भारत गएपनि आर्थिक अबस्था नाजुक रहेका परिवारलाई खाद्यान्न सहयोग गरेको हो । युगान्तकारी थाङ्मीचागु युवा मंचले खाद्यान्नमा चामल, तेल नुन, दाल, साबुन र माक्स सहयोग गरेका छन ।
मंचले बिपन्न परिवारका नानीहरुको भबिश्यको चिन्ता राखेपनि हाल खाद्यान्न सहयोग गरेका छन । ती बिपन्न परिवारमा ४ जना नानीहरू छन । साना नाबलकले तीन जना भाईबहिनीहरुलाई पालनपोषण र शिक्षा दिक्षाको ब्यबस्था गर्दै आइरहेको छ । कुनै मनकारी भगवानहरुले नानिबाबुहरुको पालनपोषण र शिक्षाको जिम्मेवारी लिए उनिहरुको भबिश्य उज्ज्वल हुने थिए ।






















