देश

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले संसदमा भइरहेको अवरोध हटाउन र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न लागेका हुन् ।

सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।

त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलले एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउदै आएका छन् ।

कमेन्टहरु