देश

पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

५,४८३ जनाको पीसीआर परीक्षणमा १५८ र २,५१४ जनाको एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भ्एको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म देशभर कोरानाको कारणले ज्यान गुमाउनेको संख्या ११ हजार ५७२ पुगेको छ ।

त्यसैगरी यहि अवधिमा २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।

कमेन्टहरु