एमाले खोटाङका इन्चार्जमा विशाल भट्टराई, सह-इन्चार्जमा उषाकला राई

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०३:०९ बजे

खोटाङ । नेकपा एमालेले खोटाङको इन्चार्जमा विशाल भट्टराई र सह–इन्चार्जमा उषाकला राईलाई चयन गरेको छ । एमाले प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो ।
भट्टराई पुनः जिल्ला इन्चार्जमा दोहोरिएका हुन् । त्यस्तै खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी अध्यक्षसमेत हुन् ।






















