राजनीति

देउवालाई बधाई दिन बालुवाटारमा नेतादेखि कार्यकर्ताहरुको भिड

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिन पार्टीका नेतादेखि कार्यकर्ताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ ।

पार्टीको १४ औं महाधिवेशनबाट पुन: दोस्रोपटक सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न बिहानैदेखि बालुवाटारमा महाधिवेशन प्रतिनिधि र नेताहरुको घुइँचो लागेको हो ।

कोभिड – १९ संक्रमणलाई मध्यनजर गर्दै बालुवाटार प्रवेश गर्नेहरुलाई मास्क अनिवार्य गरिएको थियो। केही नेता कार्यकर्ताले देउवाको सामुन्ने गएर मास्क खोली आफ्नो परिचयसमेत दिएका थिए ।

कमेन्टहरु