मलाई सोध्दै नसोधी सल्लाहकार पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०१:०९ बजे

काठमाडौ । नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएकोमा आपत्ति जनाएका छन् । उनले शनिवार ट्विट गर्दै आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’























