देश

आगलागीमा परेर घाइते भएकी महिलाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह ०१:०९ बजे

कालिकोट । कालिकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उनको मृत्यु भएको हो । आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढाथापाले बताए ।

शुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते हुनुभएको उनले जानकारी दिए । रासस

कमेन्टहरु