देश

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना : शशांकको अग्रता, दोस्रोमा उदय

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह १२:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको प्रारम्भिक मत परिणाम अनुसार नेता शशांक कोइरालाले अग्रता लिएका छन् । एक सय मतगणनामा कोइरालाले ६५ मत ल्याएका छन् ।

त्यस्तै दोस्रोमा उदय शमशेर राणा र तेस्रोमा रामहरी खतिवडा रहेका छन् । खुल्ला केन्द्रीय सदस्यको मतगणना १५ स्थानमा भइरहेको छ । मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मत परिणाम आइसकेको छ ।

काँग्रेसको सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएको हो । त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ ।

कमेन्टहरु