देश

गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ३ | मध्यान्ह १२:०९ बजे

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका – १ सिम्लेका २६ वर्षीय मनु सार्की र उनकी २५ वर्षीय श्रीमती ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

उनीहरु सोही नगरपालिका – १ बाङ्गेमा माइत जाने क्रममा सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले प्रहरी चौकीमा घाइते अवस्थामा रहेको भन्ने खबर गराउनासाथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।

उनीहररुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

कमेन्टहरु