देश

कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ)को मत गणना सुरु

जगत ठाडा मगर
२०७८ पुस ३ | बिहान ११:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सुरु भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

काँग्रेसमा ३५ जना खुलातर्फको केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् । पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ । अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी कुल १३४ पदका लागि भएको निर्वाचनमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए ।

कमेन्टहरु