महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री आलेलाई ध्यानाकर्षण

जगत ठाडा मगर
२०७८ पुस ३ | बिहान ११:०९ बजे

काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेलाई ध्यानाकर्षण गराएका छन् ।
नेता लेखकले शनिबार बिहान मन्त्री आलेलाई भेटेरै आफ्नो गृहजिल्ला कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थलको काम अगाडि बढाउन भनेका हुन् । पूर्व भौतिक पूर्वाधारमन्त्री भएका बेला महेन्द्रनगर विमानस्थल बनाउने योजना अगाडि सारेपनि योजनाले अहिलेसम्म गति लिन नसकेको भन्दै लेखकले मन्त्री आलेको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा मन्त्री आलेले चाँडै महेन्द्रनगर विमानस्थलको शिलान्यास गर्ने बताएका छन् । महेन्द्रनगर विमानस्थलका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको मन्त्री आलेको भनाइ छ ।






















