देश

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना : एक बालकको मृत्यु, ५ जना घाइते

जगत ठाडा मगर
२०७८ पुस ३ | बिहान ०८:०९ बजे

धनगढी । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भने, पाँच जना घाइते भएका छन् ।

बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरको बस भारतको लखिमपुर भिरा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका केशर थापा र रत्ना थापाका ४ महिनाका छोरा विष्णु थापाको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । अन्य पाँच जना घाइते भएका छन् ।

भारत गएका उक्त गाडीमा सवार १६ जना नेपाल फर्केका छन् भने घाइतेहरुको उपचार भारतमै भइरहेको छ । मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने नखुलेको बताइएको छ ।

कमेन्टहरु