देश

टिम नेपाे पाल्पाले पुर्वखाेला जल्पाका ५ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जगत ठाडा मगर
२०७८ पुस ३ | बिहान ०७:०९ बजे

पाल्पा । जिल्लाकाे सामाजिक कार्यमा सक्रिय रहेको सस्था टिम नेपाे पाल्पाले पुर्वखाेला गाउँपालिका वडा न २ जल्पाका ५ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सस्थाले जल्पाका ५ वटा विधालयका विद्यार्थीहरूलाई बालविवाह र प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना एवम स्कुलमा स्वास्थ्य खानेपानीका फिल्टर हस्तान्तरण गरेको हाे ।

कार्यक्रममा बालविवाह सम्बन्धि सचेतना टिम नेपाे पाल्पा अध्यक्ष सन्ताेष गहतराजले प्रशिक्षण प्रदान गर्नुभएको थियाे । भने प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना जल्पा स्वास्थ्य चाैकीका इन्चार्ज पदम दर्लामीले गर्नुभएको थियाे । सस्थाकी सदस्य तारा खाम्चा मगरकाे स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउँपालिका वडा न २ का वडा अध्यक्ष नीर बहादुर सारुले पुर्वखाेला गाउँपालिका भरिमा वडा न २ लाई छनाेट गरि कार्यक्रम ल्याएकाेमा सस्थालाई धन्यवाद दिनुभयो । समाजिक हितकाे लागि स्थापित भएको सस्थाले अभियानकाे रूपमा विद्यालयहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गरेकाेमा खुशी व्यक्त गर्दै विगत समयमा बालविवाह भए पनि स्थानीय सरकार अाए सँगै कम भएको बताउनुभयो । हाल पुर्वखाेला गाउँपालिकाले २० बर्ष भन्दा कम उमेरमा विवाह गरेमा विवाह दर्ता नगरिदिने, वालविवाह गरेमा शैनिकमा भर्ति हुन जानकाे लागि समेत स्वीकृत नदिने गरेको बताउनुभयो । साथै वडा कार्यालय र स्वास्थ्य चाैकीकाे समन्वयमा समय समयमा सचेतना कार्यक्रम, छात्रा विद्यार्थीहरूलाई स्कुलमा निशुल्क प्याड वितरण लगायत कार्य गरेको बताउनुभयो । साथै टिम नेपाे पाल्पाले सामाजिक अभियान लिई वडाका विद्यालयका विद्यार्थीहरूलाई सचेतनाकाे माध्यमबाट सचेत बनाएकाेमा अाभार प्रकट गर्नु भयाे ।

कार्यक्रम वडा सदस्य भिमिसरा अाले सस्थाले विद्यार्थीहरूलाई मध्ये नजर गरि सचेतामुलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै अागामी दिनमा अझ सामाजिक कार्यलाई विस्तार गरि अगाडि बढ्न अार्गह गर्नुभयाे । कार्यक्रमकाे अवसरमा सरस्वती माध्यमिक विद्यालय, कमला अाधारभुत विद्यालय, जन प्रकाश अाधारभुत विद्यालय, कमला प्राथमिक विद्यालय र शम्भु माध्यमिक विद्यालयलाई स्वास्थ्य पिउने पानीकाे लागि फिल्टर वितरण गरिएको थियाे । कार्यक्रममा टिम नेपाे पाल्पाका उपाध्यक्ष माधव पाण्डे, काेषाध्यक्ष इवन ढेगा, सदस्यहरू विन्दु क्षेत्री, तारा खाम्चा ग्रिस्म रानाकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा २ सय जना विद्यार्थी एवम शिक्षकहरुकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम सस्थाका अध्यक्ष सन्ताेष गहतराजले टिम नेपाे पाल्पाले समाजमा कम अवसर पाएका व्यक्ति एवम समुदायका नागरिकहरूकाे उत्थानकाे लागि युवाहरू मिलेर बनेकाे सस्था रहेको बताउनुभयो । टिम नेपाे नेपालका झण्डै ५० जिल्लामा शाखा रहेको र सस्थाले सामाजिक कार्यकाे अभियान सञ्चालन गरि अगाडि बढेको बताउनुभयो । विशेष गरि सस्थाले पाल्पा जिल्लाका विद्यालयमा पुगी विद्यार्थीहरूलाई सचेतनामुलक कार्यक्रमकाे माध्यमबाट सजग गराउने र स्वास्थ्य सामाग्री वितरण कार्यक्रमलाई अगाडि बढाएकाे बताउदै अागामी दिनमा अझ सशक्त रूपमा सामाजिक कार्यलाई अगाडि बढाउने बताउनुभयो । कार्यक्रम सञ्चालन सस्थाका सहसचिव इना रानाकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

कमेन्टहरु