आज देशभर २७४ कोरोना संक्रमित थपिँदा निको हुने २७० जना, ३ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ९ हजार १६ जनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण देखिएको हो।
सोही अवधिमा २७० जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ भने एन्टिजेनतर्फ ९५ हजार ९०२ पुगेको छ।
त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५७० जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर ५ हजार ५२२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै १०४ जना आइसीयूमा उपचाररत छन् भने २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।






















