देश

स्याङ्जामा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०४:०९ बजे

स्याङजा । ४५ वर्षीया श्रीमती कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा स्याङ्जा भिरकोट नगरपालिका–६ फोक्सिङ बस्ने ५० वर्षीय डबल बहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमतीको उपचारको क्रममा मृत्यु पश्चात् श्रीमान, डबलबहादुर थापालाई प्रहरीले पक्राउ गरि आबश्यक थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु