नवलपुरको कोल्हुवा खानेपानीद्धारा २ हप्ते घरदैलो अभियान संचालन


कावासोती । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २ हप्ते घरदैलो अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रभित्रको मध्यविन्दु नगरपालिका वडा नं. १, २ र ३ मा पुस १४ गतेसम्म घरदैलो गर्ने गरी अभियान थालिएको संस्थाका अध्यक्ष श्रीधर शर्माले संचारकर्मीहरु संग बताउनुभयो ।
संस्थाले आफ्ना उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउँदै आएकाले धारा जडान अनुरोध सहित सचेतना जगाउने उदेश्यले घरदैलो गरेको जनाईएको छ । धारा जडान गर्दा लाग्ने शुल्कको आधा रकम बुझाएपछि आधा किस्ता बुझाउन सकिने सुबिधा भएकाले आर्थिक अभावमा धारा जडान नगरेका सेवाग्राहीहरुलाई यो अभियानद्वारा लाभान्वित हुने अध्यक्ष शर्माले बताउनुभयो ।
उहाँले संस्थाले आर्थिक गतिविधिलाई सफ्टवेयर जडान गरी आधुनिक प्रविधिमैत्री बनाइएको बताउँदै २०७९ साल असार मासन्तरसम्ममा २ हजार धारा पुर्याउने लक्ष्य रहेको बताए । १४१६ उपभोक्ता सदस्य रहेको संस्थाले पुस १ गतेदेखि उपभोक्ताको घरघरमा पुगेर सल्लाह सुझाव समेत संकलन गरेको छ ।






















