सिआइबीका सुदीप गिरीले काठमाडौ परिसरका कमाण्ड सम्हाले

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । सरुवा गरिएको करिब एक महिनापछि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख फेरिएका छन । केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीले सरुवा भएको एक महिनापछि परिसरको कमान्ड सम्हालेका हुन्।
प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरेको हो । यसअघि परिसरको प्रमुख रहेका एसएसपी अशोक सिंहको भने भैरहवा विमानस्थलमा रहेको सुरुक्षा कार्यालयमा सरुवा भएको छ। शुक्रबारबाट परिसरको कार्यालयमा हाजिर भएका एसएसपी गिरी आजै प्रमुख जिल्ला अधिकारीसँगको बैठकमा सहभागी भएका छन्।
प्रहरी मुख्यालयले यसअघि पनि गिरीलाई परिसरमा काज सरुवा गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्रीस्तरबाटै दबाब आएपछि त्यतिबेलाको सरुवा कार्यन्वयन हुन सकेको थिएन। पछिल्लो पटकको सरुवा भने करिब एक महिनापछि कार्यन्वयन भएको हो।






















