राजनीति

सर्बोच्च अदालतको अन्तरिम आदेशमा सिलवालले राखेपमा पदबहाली गर्न लाग्दा माओवादीले गर्‍यो तालाबन्दी

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा रमेशकुमार सिलवालले पदबहाली गर्न लाग्दा अवरुद्ध गरिएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सिलवालले शुक्रबार पदबहाली गर्ने तयारीमा थिए। तर राखेपमा माओवादी कार्यकर्ताले तालाबन्दी गरेपछि उनले पदबहाली गर्न पाएनन्।

केपी शर्मा ओली सरकारले नियुक्त गरेका सिलवाललाई देउवा सरकारले बर्खास्त गरेको थियो । देउवा सरकारले टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवका रुपमा नियुक्त गरेको थियो। आफूलाई पदबाट गैरकानुनी रुपमा हटाइएको भन्दै सिलवाल अदालत पुगेका थिए।

शुक्रबार दिउँसो ११ बजे पदबहालीको कार्यक्रम रहे पनि सदस्य सचिवको कार्यालयमा त्यसअघि नै तालाबन्दी गरिएको छ। सर्वोच्च अदालतले बिहीबार सिलवालको नियुक्ति बदर नगर्न आदेश दिएको थियो। सोही आधारमा सिलवालले पदबहाली गर्न लागेका थिए। सर्वोच्चले उक्त मुद्दामा पुस १२ गते सुनुवाइ गर्ने भएको छ। यसका लागि दुवै पक्षलाई डाकिएको छ।

कमेन्टहरु