आइतबार उद्यौली पर्व, योमरी पुन्ही – ज्यापु दिवसको सार्बजनिक बिदा

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार आदिवासी जनजातिको उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।
पुस ४ गते आइतबारका दिन किराँतहरुको उधौली पर्व, योमरी पुन्ही – ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बारा निर्णय गरेको हो ।
नेपाल सरकार गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।






















