सप्तरी कारागारमा एक जना थुनुवाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०३:०९ बजे

सप्तरी । सप्तरी कारागारमा थुनामा रहेका एकजनाको शुक्रबार मृत्यु भएको छ । पेट दुख्न थालेपछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो।
बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि निजी क्लिनिकमा लगेका थियौँ,’ जेलर सुमन कोइरालाले भने, ‘क्लिनिकमै उनी बेहोस भए । त्यसपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेका थियौँ ।’ उपचारकै क्रममा उनको बिहान सवा ११ बजे मृत्यु भएको कोइरालाले बताए।
उनको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै कोइरालाले जानकारी दिए। सुनसरीको दुहबी– ४ का खतिवडा कागजात किर्ते गरी ठगी मुद्दामा ०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए।






















