पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको सुरुवाती अग्रता

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्री पदमा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ११३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ६४ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् ।
पाण्डेले १८ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले जम्मा २ मत मात्रै पाएका छन् ।






















