देश

माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा आइपी खरेल र सुदर्शन बरालको दाबी

जगत ठाडा मगर
२०७८ पुस २ | मध्यान्ह ०१:०९ बजे

बुटवल । नेकपा (माओवादी केन्द्र) लुम्बिनीको प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका – २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।

प्रदेश समितिको बैठकले पदाधिकारी टुंगो लगाउने जिम्मा पाएकाे स्रोतले जनाएको छ । अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिब एक, उपसचिव ३ र कोषाध्यक्ष १ गरी ९ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ । पार्टी स्रोतका अनुसार माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा बाँकेका आइपी खरेल र गुल्मीका सुदर्शन बरालले दावी गर्दै आइरहेका छन् ।

खरेल लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र बाँकेका संयोजकसमेत हुन् । उनी लामो समयदेखि पार्टी भित्र लामो इतिहास बोकेका र पुराना पाका नेता मानिन्छन् । उनी २०३५ सालदेखि चौम हुँदै राजनीतिमा सक्रिय रहदै आएका छन् ।

त्यसैगरी बराल शंकर पोखरेल मुख्यमन्त्री हुँदा स्वास्थ्य मन्त्री बनेका थिए । उनी माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका कार्यालय सदस्य समेत हुन् ।

कमेन्टहरु