लुम्बिनीको बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट

जगत ठाडा मगर
२०७८ पुस २ | बिहान ११:०९ बजे

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको बसपार्कमा आगलागी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन् ।
गएराति भएको आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएका भएका छन् ।
राति २ बजेबाट लागेको आगलागीमा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ । दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगलागी करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रहरीले आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ।






















