महिलातर्फको सहमहामन्त्रीमा उपाध्यायको अग्रता

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०८:०९ बजे

काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्री पदको जारी मतगणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ ले अग्रता लिएकी छन् ।
विहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा १५०४ मतपत्र गन्दा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छिन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुन् ।
पन्त भने शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् । महिलातर्फबाट एकजना मात्र सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।






















