पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०६:०९ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण देखिएको छ । ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
उक्त समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । अहिले देशभर योसँगै ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २४०५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।






















