देश

कांग्रेसको तीन सहमहामन्त्री पदको मतगणना सुरु

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरु गरिएको छ । काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतगणना हुँदै छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आठमध्ये आज तीन क्लष्टरको मात्र मतगणना गरिनेछ । आज महिला, दलित, आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको हो । बाँकी पाँच क्लष्टरको मतगणना भोलि गरिने श्रेष्ठले बताए ।

महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्यय “डिना” उम्मेदवारी दिएका छन् भने दलिततर्फको सहमहामन्त्रीमा गंगा सुनार, जीवन परियार र मान बहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै आदिवासी जनजातितर्फबाट सहमहामन्त्रीमा विकाश लामा र भिष्मराज आइदेम्बेले उम्मेदवारी दिएका छन् ।

आठ क्लष्टरबाट एक/एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था कांग्रेस विधानमा छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६८२ मत खसेको थियो ।

कमेन्टहरु