काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । नेपाली काँग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
काँग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार ४३९० मतपत्र गन्दा शर्माले १८२४ मत प्राप्त गरेका छन् ।
योसँगै शर्मा महामन्त्री पदमा विजयी हुने निश्चित भएको छ । पार्टीभित्र र बाहिर शर्मा निकै लोकप्रिय छन् ।






















