देश

कांग्रेस महामन्त्रीमा गगन थापा विजयी

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी अन्य प्रतिस्पर्धी उमेदवारभन्दा ठूलो मतान्तरले अगाडि छन् ।

३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो । मतगणना अन्तिम चरणमा पुगेको छ । सबै मत गनिसक्दा पनि गगनले नै सबैभन्दा बढी मत पाउने देखिएपछि उनको जित निश्चित भएको हो ।

गगनको जितको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

कमेन्टहरु