देश

प्रदेश दुई सरकारले कृषि विश्व विद्यालयलाई ३१ करोड अनुदान दिने

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०२:०९ बजे

जनकपुरधाम, ०१ पुस । प्रदेश २ सरकारले कृषि विश्व विद्यालयलाई अनुदान दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्व विद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्व विद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

प्रदेश सरकारले कृषि विश्व विद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन् । अर्थ मन्त्री साहले विश्व विद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए । विश्व विद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको उनले जानकारी दिए ।

कमेन्टहरु