सांस्कृतिक कलाकर्मी महासंघ नेपालको केन्द्रिय अध्यक्षमा : झोटन मेहता चयन


महेश सिंह
सिरहा । सांस्कृतिक कलाकर्मी महासंघ नेपालको राष्ट्रिय अध्यक्षमा झोटन मेहता चयन हुनु भएको छ । सप्तरीको तिर्हु गाउँपालिका – १ स्थित बसेको बैठकले वहाँलाई अध्यक्षमा चयन गरेका हुन ।
कला सांस्कृतिक क्षेत्रमा लागेका ब्यक्तिहरुको हकअधिकार प्रत्याभूति र सुनिश्चितताको लागि अवाज बुलन्द गर्न सांस्कृतिक कलाकर्मी महासंघ नेपाल अभियानमा लागेका छन । कलाकारिता क्षेत्रमा लागेका ब्यक्तिहरुलाई पहिचान गरी महासंघले देशभरीका कलाकारहरुलाई संगठित गर्न लागेका छन् ।
देशमा कमजोर परी रहेका कलाकारहरुको समस्यालाई पहिचान गरी साथ सहयोग गर्न देश भरीका कलाकारहरु संगठित हुन् लागेका छन्। कलाकारहरु बृहत बैठकबाट कला र संगित क्षेत्रमा लामो समय देखि लागेका र योगदान रहेका संगितकार झोटन मेहतालाई राष्ट्रिय अध्यक्षमा चयन गरेका छन्।
सांस्कृतिक कलाकर्मी महासंघ नेपाल, जनता समाजबादी पार्टी नेपालका निकट भातृ संगठन हुन्। सप्तरीको तिरहुत गाउँपालिकामा आयोजित संस्कृतिक कलाकर्मी महासंघ नेपालको केन्द्रीय टोलीबाट जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले कार्यक्रमको अनुमोदन गरेका थिए।
राष्ट्रिय अध्यक्षमा झोटन मेहता, कार्यक्रममा उपस्थित OBC अध्यक्ष भरत महतो, बरिस्ठ सल्हाकार मोनाई महतो, बरिस्ठ उपाअध्यक्ष ललिता दास, सचिब काशी राजबंसी, सदस्य मोडल मनिसा सुनुवार, सदस्य नाइका मेनुका माझी, केन्द्रिय बरिस्ठ प्रेस सल्लाहाकार महेश सिंह उर्फ महेश कुमार महतो र सदस्य बिरु रिसिदेब लगायतका ब्यक्तिहरु छ्नोट भएका छन् । धर्म सांस्कृतिक जागरण गर्ने गराउने अभियानमा आजको दिनबाट आफुहरु लाग्ने राष्ट्रिय अध्यक्ष मेहताले प्रतिबद्धता व्यक्त गर्नु भयो।






















