राजनीति

रक्षामन्त्री रिजालद्वारा राजीनामाको घोषणा

जगत ठाडा मगर
२०७८ पुस १ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिएका रिजालले मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् – “नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।”

महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् । यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले ८५१ मत र तेस्रोमा प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् भने राजाराम कार्कीले जम्मा ५९ मत मात्रै प्राप्त गरेका छन् ।

कमेन्टहरु